Friday, 28th August, 2026
वि.स.

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

pratibedan-1611381589.jpg

राष्ट्रिय समावेशी आयोगले विभिन्न सिफारिस समेटिएको वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई बुझाएको छ । आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले प्रतिवेदन शुक्रबार वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हस्तान्तरण गरे ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईंले आयोगको बोर्ड पूर्ण नहुँदा पनि मेहनतका साथ प्रतिवेदन तयार पारेर बुझाएकोमा खुशी व्यक्त गर्नुभयो । अन्य आयोगले पनि यसैगरी खोज तथा अनुसन्धानको कार्य गर्नुपर्ने तर यस्तो नपाइएको प्रदेश प्रमुख प्रसाईंले बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ को प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको कार्यवाहक अध्यक्ष ओझाले बताए । दुई वटा प्रतिवेदनमा गरी झण्डै ६० सिफारिस रहेको ओझाले बताए ।

समावेशिताभित्र पर्ने ११ समूहको समृद्धिमा सरकारले गर्नुपर्ने कामको लागि आयोगले गरेको सिफारिस समेटिएको बताइएको छ । आयोगले यसअघि प्रदेश १ को प्रदेश प्रमुखलाई समेत वार्षिक प्रतिवेदन बुझाइसकेको ओझाले जानकारी दिए । आयोगले औपचारिक अनौपचारिक क्षेत्रका श्रमिक, उखु किसान, ज्येष्ठ नागरिकलगायतको समावेशी न्यायको लागि काम गर्न आवश्यक सिफारिस गरेको र ती विषयमा सरकारले छिट्टै सम्बोधन हुनुपर्ने उनले बताए ।  रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif