Friday, 28th August, 2026
वि.स.

वतृत्वकला प्रतियोगितामा जनकल्याण माविकी कार्की नेपालकै दोस्रो 

Karki-1617119936.jpg

मकवानपुर थाहा नगरपालिकाको जनकल्यण माविकी छात्रा ईश्वरी कार्की राष्ट्रियस्तरको वतृत्वकला प्रतियोगितामा दोस्रो भएकी छिन् । शैशव मञ्च नेपालले संचालन गरेको प्रतियोगितामा उत्कृष्ट कला प्रदर्शन गर्दै देशभरिबाट थाहा नगरकी कार्की द्वितीय भएकी शिक्षक मनाेज रायमाझीले जानकारी दिए । जनकल्याणमा कृषि संकाय कक्षा ९ मा अध्ययनरत छात्रा कार्कीलाई विद्यालयले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
 
विद्यालयले आगामी दिनहरुमा यसै गरी सर्व क्षेत्रमा वर्चस्व राख्न विद्यार्थी, शिक्षक वर्ग एवं सेवाक्षेत्रका अभिभावकहरुको समेत उत्कृष्टताको लागि आ आफ्नो निरुपित अधिकार र कर्तव्यमा समर्पित हुन समेत आग्रह तथा अनुरोध गरेको छ ।

प्रतियोगितामा झापाकी प्रतिक्षा कार्की प्रथम भएकी छन् भने रुकुम पश्चिमका अनिल रोकाय तृतीय भए । प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई शैशव मञ्च नेपालले त्रधाई दिएको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif