Thursday, 27th August, 2026
वि.स.

ल ! यो शनिबार पनि थाहानगरमा दिनभर विद्युत नआउने

bidhyut-1611903645.png

थाहा नगरपालिका लगाएतका क्षेत्रमा १७ माघ शनिबार दिन भर विद्युत अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले कुलेखानी ड्याम साईटदेखि मार्खुसम्मको ११ के.भि. लाईन सुधार तथा लाईन छेउछाउका हाँगाविगा कटान लाईन बन्द गर्न लागको जनाएको छ । माघ १७ गते शनिबारलाई बिहान १० बजे देखि साँझ ५ बजे सम्म मार्खु हुँदै आएको ११ के.भि. लाईन बन्द हुँदा थाहा नगरपालिका, कैलाश गाँउपालिका र ईन्द्रसोरवर गाँउपालिकाको मार्खु क्षेत्रमा लाईन बन्द हुने प्राधिकरणले जनाएको छ ।

कुलेखानी ड्याम साईटदेखि मार्खु खण्डको लाईनमा पटक पटक समस्या आईरहेकाले लाईन मर्मत गर्न लागिएको पालुङ वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले बताए । प्राधिकरण पालुङले यसअघि पनि लाइन मर्मत गर्ने भन्दै शनिबारका दिनहरुमा विद्युत लाईन अवरुद्ध गर्दै आएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif