Sunday, 28th June, 2026
वि.स.

लौ ! मकवानपुरका थप ८ जनामा कोरोना पुष्टि

Swab-Test-1599409913.jpg

मकवानपुरका थप ८ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा उपमहानगरपालिकाका ५ पुरुष र  १ महिला,त्यसैगरी मनहरीका एक महिला र बकैयाका १ पुरुष गरी मकवानपुरका थप ८ जनामा  कोरोना पुष्टि भएको हो। 

चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा हेटौँडा -३ का २८ बर्षीय पुरूष, हेटौँडा-५ का २८,३१र ३३ बर्षीय ३पुरुष, हेटौँडा-८ का २६ बर्षीय एक पुरूष र ३२ बर्षीया एक महिला, त्यसैगरी मनहरी-६ की ८६ बर्षीया वृद्ध  महिला र बकैया-६ का ३३ वर्षीय एक पुरूष गरी मकवानपुरका ८  जनामा कोरोना पुष्टि भएको केन्द्रका डाक्टर नविन कुमार चौधरीले बताएका छन्।  

उनिहरुको भदौ १९ र २० गते संकलित स्वाबको परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ। उक्त प्रयोगशालामा मकवानपुरका ८ गरी    चितवन सहित अन्य जिल्लाका ३०  जनामा कोरोना पुष्टि भएको हो।

२१ भाद्र दिउँसको तथ्यांक अनुसार हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मकवानपुरका ७२ जनामा कोरोना पुष्टि भएको थियो।