Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लोपोन्मुख बनकरियालाई न्यानो कपडा

Bankariya-Balbalika-lai-K-1609950905.JPG

कपडा अभावले जाडोमा समस्या भोग्दै आएका लोपोन्मुख जाति वनकरियाका बालबालिका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । आदिवासी जनजाति विकासका लागि संजाल काठमाडौंले सदस्यहरुबाट संकलित रकमबाट तयारी कपडा वितरण गरिएको हो ।

कार्यक्रममा आदिवासी जनजाति विकासका लागि संजालकी अध्यक्ष सावित्रा चेपाङ, उपाध्यक्ष सुदीप ठकुरी, कोषाध्यक्ष निर्मला भुजेल, सदस्य सुमिन गुरुङ लगायतले वनकरिया बालबालिकालाई कपडा वितरण गरेका थिए ।

१ देखी २० बर्षसम्मका ११ छात्रासहित ३३ विद्यार्थी वनकरिया, एक जना शारिरीक रुपमा अपाङ्ग र ३ एकल महिलालाई जाडोमा लगाउँने कपडा वितरण गरिएको थियो । कपडा वितरणले बनकरिया बालबालिकालाई विद्यालयमा पढ्न र ट्युसन पढ्न सहज हुने अपेक्षा गरिएको छ । २०६५ सालमा स्थापित संस्थाले आदिवासी जनजातिका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यसअघि, २० घर रहेको वनकारियावस्तीमा तीन लाख ३० हजार रुपैंयाको लागतमा दश वटा ट्युवेल निर्माण भएपछि भाँडा माझ्न, लुगा धुन कुलोको मलमुत्र मिसिएको पानी प्रयोग गर्नुपर्ने बाध्यताबाट मुक्ती पाएको वनकरियाहरुले बताएका छन् ।

आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह(आईडब्लुजीआईए)को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत् ट्युवेल निर्माण गरिएको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०