Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा लैङ्गिक हिंसा विरुद्ध सचेतना ¥यालि सम्पन्न

mahila-hinsa-1607506820.jpg
  • शम्भु अधिकारी

लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानमा ऐक्यबद्धता,लैङ्गिक हिंसा रहित समाज निर्माणमा नेपालको प्रतिबद्धता भन्ने मुल नाराका साथ इलाका प्रहरी कार्यालय पालुङ्ग,सामुदायिक प्रहरी सेवा केन्द्र थाहानगर र जनकल्याण मा. वि.को आयोजनामा ¥यालि कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्र्तगत र्यालिको आयोजनामा गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र थाहानगरका अध्यक्ष धर्मलाल प्रधानले जानकारी दिए । हिंसामा परेका महिलाहरुलाई सहज रुपमा न्याय पाउनका लागि बनाएको लैङ्गिक मैत्री समुदायमा आधारित घटना व्यवस्थापनमा सहजता ल्याउनको लागि देश व्यापि कार्यक्रम स्वरुप थाहा नगरमा पनि कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय पालुङ्गका प्रहरी सहायक निरिक्षकले बताए ।

¥यालि थाहा नगरको थानाबजार बाट सुरु भएर शिखरकोटमा गएर समापन भएको थियो ।¥यालिमा सहभागि विद्यार्थिहरुले लैङ्गिक हिंसा विरुद्दका प्लेकार्ड प्रर्दशन गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०