Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लियो ब्राण्डिङ डिपार्टमेन्ट चिफमा थाहानगरका बिष्ट मनोनित

anitaa-1594997693.jpg

लियो क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष अनित बिष्ट लायन्स क्लब अन्तर्राष्ट्रिय, लियो जिल्ला ३२५ बि १ नेपालको लायन बर्ष २०२०-२१ को लागि लियो ब्राण्डिङ डिपार्टमेन्ट चिफ जस्तो महत्त्वपूर्ण पदमा मनोनीत भएका छन् ।

लायन बर्ष २०२०-२१ सुरु भएको केहिदिनमा २०२०/२१ का जिल्ला ३२५ बि १ नेपालका अध्यक्ष लियो आदर्श मोहन भट्टराईले बिष्टलाई ब्राण्डिङ डिपार्टमेन्ट चिफ पदमा नियुक्त गरेका हुन् । 

मनोनित पत्र

विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहि समाजिक क्षेत्रमा कुशल नेतृत्व प्रदान गर्दै आएका बिष्टको नेतृत्वमा ४ बर्ष अघि थाहानगरमा लायन्स क्लब अफ थाहा पिसको स्पोन्सरसिपमा लियो क्लबको स्थापना भएको थियो । स्थापना काल देखि नै क्लबले थाहा नगरपालिका र उत्तरी मकवानपुरमा नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०