Wednesday, 26th August, 2026
वि.स.

लियो क्लब अफ पिस थाहानगरको सदस्यता खुल्यो

leo-1622794136.jpg

थाहानगरमा क्रियाशील लियो क्लब अफ पिस थाहानगरको  नयांँ सदस्यता खुलेको  छ । क्लबले अनलाइन माध्यमबाट सदस्यताको लागि  आवेदन खुला गरेको क्लबका प्रथम उपाध्यक्ष तथा सदस्यता बिस्तार संयोजक  कमल बिष्टले जानकारी दिए । लियो क्लब अफ पिस थाहानगरले लायन वर्ष २०२१र२२ का लागि सदस्यता आह्वान गरेको हो ।

लियो क्लब अफ पिस थाहानगर लियो जिल्ला परिषद ३२५ बि १ नेपालअन्तर्गत रहेको छ । सो संख्याले विगत पाँच वर्षदेखि थाहा नगरमा सामाजिक सेवा तथा युवा नेतृत्व  र व्यक्तित्व विकासका लागि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । 

क्लबको सदस्य बन्न इच्छुक १६ देखि २९ वर्ष उमेर समुहका व्यक्तिहरुले २१ जेठदेखि २८ जेठसम्म लियोको अफिसियल अनलाइन फारम भरी सदस्य बन्न सक्ने बिष्टले बताए । सदस्यताको लागि शुल्क नलाग्ने पनि उनले जानकारी दिए । 

अनलाइन आवेदनको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdB4ZjQIla1i6mipj2hq-WHtr1wzwKSHzU5JCs3pyBE9Ba-NQ/viewform

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif