Sunday, 23rd August, 2026
वि.स.

लायन्स थाहाकाे इतिहासमा पहिलाेपटक महिला अध्यक्ष, इतिहास रचिन् राममायाले

IMG_20210719_183752-1626699603.jpg

लायन्स क्लव अफ थाहा पिसले इतिहासमा पहिलाेपटक महिला अध्यक्ष पाएकाे छ । 

४ साउनमन होटल फेमेलीमा भएको संस्थाकाे साधारणसभाले राममाया खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

वर्ष २०२०/२०२१ का अध्यक्ष उद्दव बिडारीको सभाध्यक्षतामा सम्पन्न साधारणसभाले प्रथम उपाध्यक्षमा जयराम खत्री, दृतीय उपाध्यक्षमा निरज रायमाझी निर्वाचित गरेकाे छ । 

लगत्तै  नवनिर्वाचित अध्यक्ष राममाया खत्रीले सचिवमा सत्यदेवी स्याङ्तान र कोषाध्यक्षमा सुमन विष्टलाई मनोनित गरेकी छन् ।

सल्लाहकार तथा निवर्तमान रिजन चियरपर्सन भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, पूर्व अध्यक्ष बिक्रम केसीले शुभकामना व्यक्त गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif