Friday, 28th August, 2026
वि.स.

लागूऔषध नाईट्राेभेट सहित हेटौंडाबाट २ जना पक्राउ

p-1617188366.jpg

मकवानपुर प्रहरीले लागूऔषध नाईट्रोभेट ६० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार  दिउँसो प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ तिनताप्केस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट लागूऔषध नाईट्राभेट ६० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ बस्ने १८ वर्षीय सुशिल बर्तौला र मोरङको बिराटनगर महानगरपालिका वडा नंबर ४ बस्ने २१ वर्षीय रविन कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलिले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif