Thursday, 27th August, 2026
वि.स.

लागूऔषधसहित दुईजना पक्राउ

pakrau2-1611740938.jpg

सप्तरी प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग छन् ।

राजगढ गाउँपालिका-२ बनैनियाँबाट मंगलबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट नाइट्राभेट–१० ट्याब्लेट ९० थान बरामद भएको छ ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif