Friday, 28th August, 2026
वि.स.

लागु औषध गाँजा सहित मकवानपुरका ८ जना पक्राउ

pakrau-ganja-1610094675.jpg

मकवानपुरमा ८ जना लागु औषध गाँजा सहित ८ जना पक्राउ परेका छन् ।

शुक्रबार बिहान मनहरी गाउँपालिका वडा नंबर ८ सिमपानी स्थितपुर्व पश्चिम लोकमार्ग सडक खण्डको किनाराबाट लागु औषध गाँजा ४४ के जी सहित ८ जना प्रकाउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरु ७ जना राक्सिराङ गाउँपालिका वडा नंबर २ का र एब जना कैलाश गाउँपालिकाका रहेका छन् । पक्राउ पर्नेहरुमा २२ वर्षीय सुजन प्रजा,२५ वर्षीय दिपक लामा,५२वर्षीय कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ्ग,३१ वर्षीय रतन सिङ्गतान,३६वर्षीय उद्धास ब्लोन,२५ वर्षीय प्रेम मोक्तान र कैलाश गाउँपालिका वडा नंबर ४ बस्ने ३४ वर्षीय सिताराम सिङ्गतान रहेका छन् ।

उनिहरू माथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif