Wednesday, 26th August, 2026
वि.स.

लागु औषधसहित दुईजना युवक पक्राउ

a-1621751239.jpg

सशस्त्र प्रहरीले लागु औषधसहित कञ्चनपुरमा दुईजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले बेलौरी नगरपालिका-१० बाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० कै २० वर्षीय नरेन्द्र चन्द र २२ वर्षीय टेकबहादुर शाही रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ६ ग्राम खैरो हिरोईन, ३ वटा मोवाईल, एक हजार पाँच सय रुपैयाँ नगद पनि बरामद गरिएको छ । दुवैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif