Wednesday, 26th August, 2026
वि.स.

लागुऔषध सहित १ जना पक्राउ

pakarau-1622025937.jpg

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित राजबेरी इलाकाबाट सशस्त्र प्रहरीको टोलीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रमोद कुमार महतो छन् । महतोको साथबाट सशस्त्रको टोलीले १ सय २० बोतल लागूऔषध बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवन नगरबाट खटिएको टोलीले शंका लागेर सर्च गरेको थियो । खानतलासी लिँदा सो लागु औषध फेला परेको हो । उनलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif