Thursday, 27th August, 2026
वि.स.

लागुऔषध गाँजा सहित मकवानपुरका दुई जना पक्राउ

ganja-1614675658.jpg

मकवानपुरका दुई युवा लागुऔषध सहित पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का १८ वर्षीय सुकराम तामाङ र सोही ठाउँकी १९ वर्षीया अस्मिता तामाङ रहेका छन् ।

पर्सागढी नगरपालिका–९ स्थित बडेर्वाबाट एकटाँगातर्फ जाने कच्ची सडकमा शंकास्पद ढंगले पैदल हिँडिरहेको अवस्थामा खानतलासी गर्दा लागूऔषध गाँजा फेला परेको हो । उनीहरुको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा दुई–दुई केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई आर्थिक प्रलोभन दिई मकवानपुरबाट पर्सागढी गाँजा ल्याउन लगाउने व्यक्तिको पहिचान भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif