Thursday, 20th August, 2026
वि.स.

लागुऔषध ओसारपसारमा संलग्न मकवानपुरका एक सहित दुई पक्राउ

laguausadh-1609569757.jpg

औषधिजन्य लागुऔषध सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ६ का १९ वर्षीय सन्दिप महत र सर्लाही रामनगर गाउँपालिका वडा नं. ६ का १९ वर्षीय सनवर अली रहेका छन् ।

काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगास्थित सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६५९२ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्दा औषधिजन्य लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो । महतको साथबाट नाइट्रोभेट १५ ट्याबलेट र अलीको साथबाट ६ सय ७५ ट्याबलेट गरी कुल ६ सय ९० ट्याब्लेट बरामद गरिएको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०