Sunday, 23rd August, 2026
वि.स.

र, यो पनि "कोरोनाबाट नेपालमा जम्मा १० जनाको मृत्यू"-मन्त्रालय

Health-ministry-1598978075.jpg

नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा सातजना छन् । कोरोनाभाइरस  (कोभिड)बाटै मृत्यु भएकाहरुको ३० देखि ४० वर्ष उमेर समूहमा चारजना पुरुष ६५ देखि ८० वर्ष उमेर समूहमा तीनजना पुरुष छन् ।

प्रदेश १ मा दुई जनाको कोभिड १९ बाटै मृत्यु भएको छ । उनीहरुको उमेर समूह ४५ वर्ष छ । सुदूरपश्चिम प्रदेशमा एकजना ४६ वर्षका पुरुषले कोभिड १९ कै कारण मृत्यु भएको थियो । अन्य  व्यक्तिहरुमा कोभिड १९ सँगै पहिल्यै निमोनियाँ, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको डाटाअनुसार कोरोनाबाहेक उच्च रक्तचाप, निमोनिया, क्यान्सर तथा दमका रोगी, लामो समयदेखि सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या,मधुमेह, नसा सम्बन्धी समस्यालगायतका कारण देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको रिपोर्टमा जम्मा १० जनाबाहेकको मृत्युको कारण अन्य भएको उल्लेख छ । कोरोनाले नेपालमा अहिलेसम्म २२८ जनाको मृत्यु भएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०