Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रोकिराखेको ट्रकमा भ्यान ठोक्किँदा दुई जनाको मृत्यु

accident-1593236082.jpg

 बुटवल –१० रामनगरमा गएराति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।

दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०