Sunday, 16th August, 2026
वि.स.

रेस्पेक्ट युवा क्लबलाई शहीद सुनिता गोपाली स्मृति भलिबलको उपाधि 

SUnitaaa-1617028453.jpg

शहीद सुनिता गोपालीको स्मृति जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रेस्पेक्ट युवा क्लबले हात पारेको छ । मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ बाराही चौरमा भएको प्रतियोगितामा विनयबाबु स्मृति प्रतिष्ठानलाई पराजित गर्दै रेस्पेक्ट युवा क्लब विजयी भएको हो । 

प्रतियोगितामा विजयी भएको रेस्पेक्ट युवा क्लबले नगद ५१ हजार १ सय ११ रुपियाँ नगद सहित शिल्ड मेडल तथा प्रमाणपप पुरस्कार पाएको छ । प्रतियोगिताको उपविजेता विनयबाबुले नगद २६ हजार ६ सय ६६ रुपियाँ नगद, शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा तृतीय भएको हेटौंडा ११ ले नगद १३ हजार ३ सय ३३ रुपियाँ नगद शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । 

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी रेस्पेकट युवा क्लबका राजाराम स्याङ्तान घोषित भए । विजयी खेलाडी तथा समूहलाई थाहा नगरपालिकाका उपप्रमुख खडग गोपाली र खेलकुद विकास  समिती थाहानगरका संयोजक राजेश  केसीले पुरस्कार वितरण गरेका थिए । 

थाहा नगरपालिकाको मुख्य प्रायोजनमा रेस्पेक्ट युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा मकवानपुर  जिल्लाका १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता को निर्णायक मा सपना बस्नेत र मनोज स्याङ्तान रहका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०