Wednesday, 26th August, 2026
वि.स.

रेडक्रसद्वारा थाहा नगरपालिकालाई अक्सिजन मेसिन र ब्लाङ्केटसहित स्वास्थ्य सामग्री हस्तान्तरण

193722051_804672210442805-1622530939.jpg

नेपाल रेडक्रस सोसाइटी मकवानपुरले मंगलबार थाहा नगरपालिकालाई अक्सिजन र ब्लाङ्केटसहित विविध स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

सोसाइटीका केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला शाखाका खेमराज सापकोटा, पिताम्बर बास्तोला, लक्ष्मण भट्टराई, रामजीप्रसाद खतिवडा, हरिकृष्ण कार्कीसहितको टोलीले स्वास्थ्य सामग्री थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरेको हो । 

कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्धेश्यले थाहा नगरपालिकालाई एक थान अक्सिजन कन्सेन्ट्रेटर, २० थान ब्लाङ्केट, ५ थान पीपीई र एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको रेडक्रसकर्मी पिताम्बर बास्तोलाले बताए । हस्तान्तरण गरिएको अन्य सामग्रीहरुमा तारपोलिन १० थान, बकेट २० थान र स्वास्थ्य किट सय थान रहेका छन् । 

नगरपालिकाको तर्फबाट स्वास्थ्य सामग्री बुझ्दै नगर प्रमुख विष्टले सबै पक्षको एकीकृत सहयोगबाट थाहा नगरमा कोरोना रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने भन्दै सहयोगका लागि रेडक्रसलाई धन्यवाद दिए । 

सो अवसरमा नगर उपप्रमुख खड्ग गोपाली, पालुङ रेडक्रसका केदारप्रसाद बिडारी, दामन रेडक्रसका राजाराम रायमाझी, बज्रवाराही रेडक्रसका सानोकाजी गोपाली लगायतको उपस्थिति रहेको थियो । 

मंगलबार नै रेडक्रस जिल्ला शाखाले थाहा नगरका तीनवटा उपशाखाहरुलाई सर्जिकल मास्क उपलब्ध गराएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif