Monday, 24th August, 2026
वि.स.

रुपा सुनारलाई न्याय दिन दलित अधिकारकर्मीको दबाब

dalit-birod-1024x472-1624936875.jpg

दलित भएकै कारण घरभाडा नदिएर विभेद गरिएको रुपा सुनारलाई न्याय दिनुपर्ने माग राख्दै मकवानपुरका दलित अधिकारबादी विभिन्न संघसस्था तथा पार्टीका भातृ संगठनले दबाबको कार्यक्रम सुरु गरेका छन् ।

काठमाण्डौँ बबरमहलकी स्थानीय सरस्वती प्रधानले सुरुमा घरभाडा दिन मञ्जुर गरेको तर दलित भन्ने थाहा पाएपछि घरभाडा दिन अस्वीकार गरेको विषय जातीय विभेद भएको भन्दै अधिकारवादीहरुले प्रधानलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन् । 

१४ असारमा  जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले विज्ञान र प्रविधिको युगमा समेत यस्ता खाले विभेद रहनु निन्दाको विषय भएको जनाएका छन् ।

यसैगरी अधिकावबादी संघसस्थाले हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी रुपा सुनारसहित दलित भएकै कारण ज्यान गुमाउनु परेकाहरुको न्यायको माग समेत गरेका छन् । उनीहरुले आन्दोलनलाई जारी राख्ने चेतावनी समेत दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०