nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रुदाने-‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक सार्वजनिक

दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्ट सम्बन्धी चार वर्षसम्म गहिरो अध्ययन अनुसन्धान गरि निर्माण थालिएको रुदाने ‘विद्रोहको नेपाली नाम’ को फष्ट लुक सार्वजनिक गरिएको छ ।

रुपचन्द्र विष्टको जीवनीमा आधारित उक्त चलचित्र विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर ७ असारमा काठमाण्डौंमा फष्ट लुक सार्वजनिक गरिएको हो । रुपचन्द्र विष्ट ‘रुदाने’को विषयमा चलचित्र निर्देशक अमितकिशोर सुवेदी र विकास ढकालले अनुसन्धान गरेका थिए । 

चलचित्रमा रुपचन्द्र विष्टको सिङ्गोे जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । दावनल क्रियसनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्माता जागृत रायमाझी हुन् ।

चलचित्रमा रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेबले अभिनय गरेका छन् । त्यसैगरि नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका एक सय भन्दा बढि कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा सान्ता राओको छायांकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगित छ ।