Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राहतका लागि खरिद गरिएको चामल खाल्टामा

chamal-2-1628505176.jpg

नौमुले गाउँपालिकाको गोदाममा रहेको १५५ बोरा चामल गाडिएको छ । कोरोना महामारी र असिना पिडित लागि खाद्य संस्थानबाट लिएको चामल वितरण नहुँदा कुहिएपछि शनिवार गाडिएको हो ।

नौमुलेका लागि नागरिकलाई कोरोना महामारीका बेला २०७६ चैत्रमा १५६० बोरा चामल खाद्य संस्थानबाट खरिद गरेर लगेको थियो । चामल वितरण नहुँदा गोदाममा कुहिएकोले गएको शनिवार मुचुल्का गरि गाडेको नौमुले गाउँपालिकाले जनाएको छ । भारतबाट आएकाहरु, गाउँमा खाद्यान्न कम भएका र असिना पिडितलाई वितरण गर्ने भनेर खरिद गरिएको चामल गोदाममै थन्किएको थियो ।

‘उतिबेला हामीले सबैलाई चामल वितरण गरौं भनेका थियौं । यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत गणेश कोइराला र पालिकाका पदाधिकारीले वितरण गर्न आनाकानी गरेपछि चामल कुहिएको स्थानीयबासीले आरोप लगाएका छन् । लाखौंको चामल सडाउनु भन्दा गरिब किसानलाई दिएको भए खान पाउँथे ।’ राहतको लागि ल्याइएको चामल नागरिकलाई नदिएर चामल गोदममा सड्नुले गाउँपालिका जनताप्रति उत्तरदायि छैन भन्नु नै प्रष्ट देखिएको बुद्धिजिवी बताउँछन् ।

‘म केही समय पहिले मात्रै पालिकामा आएको हो । मलाई पहिलेका कार्यकारीले केही पनि बुरवुझारथ नै गरेनन् । कहाँ के छ मलाई केही जानकारी भएन,’ प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्रबहादुर शाहीले भने । ‘केही दिन पहिले मात्रै चामल सडेको भन्ने थाहा पाएपछि हामीले पत्रकार, नागरिक समाज, प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडेका छौं ।’

‘चामल ढूवानीमा एक रुपैंया प्रतिकेजी ढुवानी गर्छु भनेर भन्ने ट्रकलाई तीन रुपैंया प्रतिकेजी भुक्तानी गाउँपालिकाले भुक्तानी दिएको स्थानीय नेता शशिराम बताए । ‘विश्व खाद्य कार्यक्रमबाट ल्याइएका चामल पनि विक्री गरेको उनको आरोप छ । तर त्यो पैसा कहाँ छ पालिकाले जानकारी पनि दिएको छैन ।’ राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा पालिकाका अध्यक्ष तथा पदाधिकारीले चामल वितरण गरे उनले भने ।

‘पैक, द्वारी, कालिका लगायतका स्थानमा असिनापीडितलाई चामल वितरण गर्ने भनिएपनि हचुवामा कसैलाई चार बोरा कसैलाई एक बोरा दिएको नौमुलेबासी बताउँछन् । भन्छन्, ‘राजनीतिकरुपमा अध्यक्ष भदे बुढामगरले मनोमानी गर्नु भएको हो । यसको हिसाब हामीले मागिरहेका छौं, तर दिइएको छैन ।’



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०