nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय सूचना आयोगले थाहानगरबाट शुरु ग¥यो यो वर्षको कार्यक्रम

rti-pic-1633433554.jpg

राष्ट्रिय सूचना आयोगले चालु आर्थिक वर्ष २०७८/७९ को सूचनाको हक सम्बन्धी कार्यक्रम थाहा नगरपालिकाबाट शुरु गरेको छ । १८ असोजमा थाहानगरको जेसीज सभा हलमा जनप्रतिनिधि, कर्मचारी, समूह र समुदायसँग अन्तरक्रिया कार्यक्रम गरी आयोगले सूचनाको हकसम्बन्धी देशव्यापी अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको हो । 

थाहामा जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गर्न राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली, आयोगका सचिब भागिरथ पाण्डेय, उपसचिब कपिलप्रसाद उपाध्याय लगायतको उच्चस्तरको समूह थाहानगर आइपुगेको थियो । थाहाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका सदस्य, पत्रकार लगायत सहभागी कार्यक्रममा आयुक्त ओलीले गत वर्ष कोभिड–१९ का कारण कतिपय कार्यक्रमहरु आयोजन ागर्न नसकिएको बताउँदै यस वर्ष केही सहज अवस्था सिर्जना हुनेवित्तिकै स्वीकृत कार्यक्रम लिएर समुदायसम्म आइपुगेको बताइन् । उनले थाहा नगरपालिकाको नाम नै सूचना पाउने विषयसँग जोडिएको र नामजस्तै काम गरेर उत्कृष्ट हुन सफल भएको प्रसङ्ग कोट्याउँदै सार्वजनिक निकायबाट सार्वजनिक महत्वका सूचना पाउनु प्रत्येक नागरिकको अधिकार भएको बताइन् । 

आयुक्त ओलीले नेपालकै उत्कृष्ट सूचना अधिकारी थाहा नगरपालिकाले पाएकोमा नगरपालिका र नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलको उच्च प्रशंसा पनि गरिन् । 

अन्तरक्रिया कार्यक्रमको शुरुमा सूचना आयोगका सचिब पाण्डेयले  सूचनाको हकसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले सूचनाको हकसम्बन्धी संवैधानिक व्यवस्था, सूचनाको संरक्षणसम्बन्धी व्यवस्था, सजाय तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्था, प्रमुख जिल्ला अधिकारीको अधिकार लगायतका विषयमा प्रष्ट पारेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आयोगका उपसचिब कपिलप्रसाद उपाध्यायले सूचनाको हकको प्रभावकारी कार्यान्वयनबाट मात्र सुशासन कायम हुनेमा जोड दिए । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उनले सूचनाको हक सम्बन्धमा थाहा नगरपालिकाले गरेको केही असल अभ्यासहरु सुनाएका थिए । सोही कार्यक्रममा नगर उपप्रमुख खड्गबहादुर गोपालीले थाहा नगरपालिकाले सबैको लागि थाहा पाउने काम गरेको भन्दै सूचनाको हक कार्यान्वयनको लागि नगरपालिका प्रतिवद्ध रहेका बताए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)