nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय जनमोर्चा मकवानपुरको जिल्लास्तरीय भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा मकवानपुरको जिल्लास्तरीय भेला थाहा नगरपालिका ७ शिखरकोट स्थित विकास घरमा सम्पन्न भएको छ । अक्टोबर क्रान्ती भएको १०० वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रिय जनमोर्चाले देशै भरी १ वर्ष भित्र विविध कार्यक्रम गरी मनाउने निर्र्णय गरेकोले राष्ट्रिय जनमोर्चा मकवानपुर जिल्ला समितिले मकवानपुरमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ । रुसमा आज भन्दा ९९ वर्र्ष अघि लेलिनको नेतृत्व समाजवादी ब्यवस्था निर्माण भएको उपलक्ष्यमा राष्ट्रिय जनमोर्चाले अक्टोबर क्रान्ति मनाउन थालेको हो ।

पार्टीले पौष महिनाको १० गतेदेखि २०७४ साल कार्तिकसम्मको कार्यक्रम तय गरेको छ । अब श्रम शिबिर, संगठन निर्माण, बाल भेला, लागू पदार्थ दुव्र्यशनी विरुद्दको चेतना मुलक कार्यक्रम, संघियता बिरुद्द चेतना मुलक कार्यक्रम पार्टीको वडा भेला, गाउँ भेला, नगर भेला, र जिल्ला सम्मेलन जस्ता कार्यक्रम गरि मनाउने निर्णय भएको छ । 

जिल्ला भेला पार्टीका मकवानपुर अध्यक्ष लक्ष्मण विष्टको सभाध्यक्षतामा भएको थियो ।