Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रियसभा सदस्य उपचुनावको लागि मकवानपुरमा आज मनोनयन दर्ता

ra-1620369016.jpg

बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुँदैछ ।

हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

वाग्मतीमा हुने राष्ट्रियसभा उपचुनावमा एक सय १० जना प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरेर तीन सय ४८ मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०