Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रियसभाको उपनिर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

ni-1619256359.jpg

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगले निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ ९दुई० जना ९१ जना जगेडा समेत० जिल्ला न्यायाधीशको नामावली माग गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले वाग्मती प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । त्यस दिन बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०