nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राप्रपा विद्यार्थी संगठनमा महिला नेतृत्वको उमेद्वारी घोषणा  

16707085_404911656567328_-1486878831.jpg

राष्ट्रिय प्रजातन्त्र पाटि विद्यार्थी संगठनमा पालुङ वहुमुखी क्याम्पसमा हाल वि।वि।एस। तेस्रो बर्षमा अध्ययनरत थाहा नगरपालिका  ७ निवासी सुरुची साहलाई स्व।वि।यु। सभापति पदमा उमेद्वारी घोषणा गरेको छ । ‘सक्षम नेतृत्व, सवल नेतृत्व, कुशल  नेतृत्व वहुमुखी क्याम्पसको हक हित सुरुची वाट मात्र सुनिश्चीत’ भन्ने नाराका साथ नारी शिक्षाको विकास लागि राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यार्थी संगठन सदैव तत्पर रहने र वहुमुखी क्याम्पसलाई नमुनालायक क्याम्पस वनाउन आफु सभापती पदमा निर्वाचित भए पश्चात केन्द्रमा बसेर पहल गर्ने बताईन । 

साथै पालुङ बहुमुखी क्याम्पसको विकासको लागि छिट्टै नै केन्द्रमा पहल गरि शिक्षा र स्वास्थ्य को क्षेत्रमा आमूल परिवर्तनमा राप्रपा थाहानगर कमिटी सदैव लागी पर्ने थाहानगर कमिटीका अध्यक्ष हरेराम कार्कीले बताए । साथै अन्य राजनितिक दलको प्रलोभनमा नलागी पालुङ क्याम्पसको स्तरिकरणको लागि सुरुचि साहलाई अत्याधिक बहुमतले जिताउन समेत कार्कीले पहल गरेका छन् ।