nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राप्रपाको अध्यक्षमा कमल थापा अधिवेशन अघि नै निर्विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापा नै हुने भएका छन् । अध्यक्षका दाबेदार मानिएका तीन जना नेताहरु हालका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा थापालाई सर्वसम्मति अध्यक्ष बनाउन तयार भएपछि थापा नै अध्यक्ष पक्का भएका हुन् । महाधिवेशन अगावै थापाको नाममा सर्वसम्मति भएको हो । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशन आउदो शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ । 

४ फागुन साँझ चन्द निवासमा शिर्ष चार नेताको बैठकले सर्वसम्मति गरेको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । चन्द निवासमा बसेको बैठकपछि चार जना नेताहरुले हस्ताक्षर गरी वक्तव्य जारी गरेका छन् । 

‘एकता महाधिवेशनलाई पार्टीका लाखौं कार्यकर्ता, सहयोगी तथा शुभचिन्तकहरुको चाहना र भावनालाई सम्मान गर्दै सहमतिको आधारमा सम्पन्न गर्न हामी प्रतिबद्ध छौ’ चार नेताद्वार हस्ताक्षरित वक्तव्यमा छ, ’पार्टी केन्द्रिय अध्यक्षको निर्वाचन समेत निर्विरोध गर्ने उद्देश्यका सथा हामीले महाधिवेशनमा कमल थापालाई अध्यक्ष पदमा समर्थन गर्ने सहमति कायम गरेका छौं ।’ 

राप्रपाका नेता ठाकुरा शर्माले सबै नेताहरुलाई पार्टी भित्र सम्मान जनक स्थान रहने बताए । हालको जस्तो राष्ट्रिय अध्यक्ष पद अब रहने छैन ।

पढ्नुहोस समर्थनको सहमति पत्र: