Tuesday, 25th August, 2026
वि.स.

राती १२ बजेबाट हेटौंडामा निषेधाज्ञा (के–के मा लाग्यो रोक सूचनासहित)

Hetauda-1597047004.jpg

हेटौंडासहित मकवानपुरका विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । मकवानपुरमा २५ साउनमा २३ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले हेटौंडा र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा प्रजिअ दीपकराज नेपालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेटौँडा र मनहरीमा २६ साउन सोमबार राती १२ बजेबाट साउन ३२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको जनाइएको छ । मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि नै प्रशासनले तराईबाट हेटौंडा भित्रने चुरियामार्य नाकामा कडाई गर्ने र ब्यूटीपार्लर, हेल्थ क्लब, सैलुन, होटल रेस्टुरेन्ट सञ्चालनमा प्रतिबन्ध लगाइसकेको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif