Wednesday, 19th August, 2026
वि.स.

थाहा पोलिक्लिनिकमा वरिष्ठ स्त्रीरोग तथा रेडियोलोजी विशेषज्ञ आउने

yfxf-kf]lnlSnlgsdf-ljz]if-1787138887.png

थाहा। मकवानपुरको थाहा नगरपालिका–३, शिखरकोटस्थित थाहा पोलिक्लिनिकमा यही  ६ भदौ शनिबार वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट विशेष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन हुने भएको छ ।

पोलिक्लिनिकका अनुसार काठमाडौँका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सजना श्रेष्ठ र वरिष्ठ रेडियोलोजिष्ट डा. मिलन सिलवालले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।

उक्त कार्यक्रममा गर्भवती महिला, महिनावारी गडबडी, सानोपेट दुख्ने, पाठेघरको समस्या, सेतो पानी बग्ने तथा सन्तान नहुने समस्या भएका महिला बिरामीहरूको विशेष परीक्षण गरिनेछ। साथै, शिविरमा भिडियो एक्स–रे तथा एनेमोली स्क्यान सेवासमेत उपलब्ध गराइने पोलिक्लिनिकले जनाएको छ ।

थाहा पोलिक्लिनिकमा नियमित रूपमा बिरामी जाँच, प्रयोगशाला (ल्याब), फार्मेसी, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, अक्सिजन, सामान्य शल्यक्रिया, परिवार नियोजन तथा सुगर, प्रेसर, दम, ग्यास्ट्रिकलगायतका रोगको दैनिक उपचार सेवा सञ्चालन हुँदै आएको छ ।

विशेषज्ञ सेवा लिन इच्छुक बिरामीहरूले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउन पोलिक्लिनिकले अनुरोध गरेको छ । थप जानकारी तथा नाम दर्ताका लागि ०५७–४०००७७ र ९८४५०७२१६९ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०






Thaha-002-1774415222.gif