nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राजमोले गर्यो मकवानपुरमा "अक्टोबर क्रान्ति शतबार्षिकी" उद्घाटन

राष्ट्रिय जनमोर्चा मकवानपुरको आयोजनामा २२ कात्तिकमा थाहा नगरपालिका स्थित विकास घरको सभाहलमा एक समारोहका बीच अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रमको उद्घाटन भएको छ । अक्टोबर क्रान्ति भनेको रुसमा सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सफल भएको ९९ सय वर्ष पूरा भई १०० वर्ष शुरु भएको अवसरमा विश्वभरका क्रान्तिकारीहरुले शतवार्षिक मनाउन आजैको दिन विश्वको विभिन्न मुलुकमा यो शतवार्षिकी उद्घाटन गरिएको हो । 

यस अवसरमा राष्ट्रिय जनमोर्चाको केन्द्रिय सदस्य दुर्गा शर्माको प्रमुख आतिथ्यतामा विकास घरमा कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सानोभाई कार्की, नेकपा मसाल मकवानपुरका प्रवक्ता रामहरी धिताल, अखिल नेपाल महिला संघ मकवानपुरका अध्यक्ष गिता कार्की, आखिल नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर बिष्ट, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य दिलराज मोक्तान लगाउयतले शुभकामना मन्तव्य राखेका थिए । राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष लक्ष्मण बिष्टको सभाध्यक्षता तथा अखिल छैंठौका केन्द्रिय सदस्य निर बहादुर सिन्तानले संचालन गरेको कार्यक्रममा एक वर्षको विविध कार्यक्रम समेत सार्वजानिक गरेको छ। 

सार्वजनिक कार्यक्रम अन्र्तगत संगठन विस्तार तथा सुधार, जनभेटघाट तथा श्रम शिविर गर्ने जनाएको छ । ‘महान अक्टोबर क्रान्तिको झण्डालाई उ“चो राखौं, हजारौं नया“ क्रान्तिकारीहरु पार्टीमा भर्ना गरौं’ भन्ने मुल नाराका साथ शुरु भएको यस कार्यक्रममा हजारौं नया“ कार्यकर्ता भर्ती गर्ने बताएको छ । कार्यक्रममा प्रमुख अतिथि शर्माले अंगिकृत नागरिकता लिएको व्यक्तिले समेत राज्यको प्रमुख पदमा जान पाउने गरी सरकारले ल्याउन लागेको संविधान संसोधन विधेयक प्रस्तावको भण्डाफोर गर्नु पर्ने बताएका छन् ।