nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राजमार्गलाई शहरी क्षेत्रको बाहिरी भागबाट लैजाने– नगर प्रमुख महत

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले स्थानीयको साथ र सहयोग पाएमा काठमाडौं हेटौंडा सुरुङ्ग मार्ग बनाएर राजधानीबाट नजिकको सुन्दर शहर हेटौंडालाई बनाउने अठोट गर्नु भएको छ । उद्योगी व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा आज हेटौंडामा गरेको नवनिर्वाचित नगर प्रमुख हरिबहादुर महत, उपप्रमुख मीना लामा तथा १९ वटै वडाका वडा प्रमुखहरुलाई संयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रममा नगरप्रमुख महतले सो कुरा बताउनु भएको हो ।

नगर प्रमुख महतले हेटौंडा नगरको बीच भागबाट गएको पूर्वपश्चिम राजमार्गलाई शहरी क्षेत्रको बाहिरी भागबाट लैजाने पहल समेत गरिने बताउनु भएको छ । सरकारले कार्यान्वयनमा ल्याएको स्थानीय तहको अधिकारलाई जनताले महशुश गर्ने गरी लागू गरिने समेत महतले बताउनु भएको छ । कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले उद्योगी व्यवसायी लगायत समग्र नगरको विकासमा संघ सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो । उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले समापन गर्नु भएको शुभकामना कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, सदस्य, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । गत बैशाख ३१ गते सम्पन्न प्रथम चरणको निर्वाचनमा एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिका रहेको छ ।