Saturday, 27th July, 2024
वि.स.

राजनीतिक एजेण्डामा एमाले मजबुत

नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य पीवी गोलेले राजनीतिक एजेण्डामा आप्mनो पार्टी झन् मजबुत भएको दाबी गरेका छन् । 
उनले अहिले भइरहेको आन्दोलनलाई लक्षित गर्दै सरकारी कामकाजबाट जनता के कसरी आजित भइरहेका रहेछन् भन्ने कुरा झल्केको आरोप लगाए । नेकपा एमालेले मनहरी गाउँपालिकामा सञ्चालन गर्न लागेको ४ महिने अभियान तयारीका लागि मनहरी ८ रजैयामा आयोजित कार्यशालामा उनले यस्तो धारणा राखेका हुन् । उनले आगामी दिनमा जनताको साथ एमालेलाई दरिलो ढंगले हुने भन्दै मसिनो ढंगले काम गर्न कार्यकर्तालाई निर्देशन दिए । 

कार्यक्रममा ३ नं प्रदेश कमिटी सदस्य रामेश्वर रानाले एमालेको भिजन, बजेट कार्यान्वयन, ९ महिने सरकार लगायतका बिषयमा जनतलाई प्रत्यक्ष रुपमा जानकारी दिएर आगामी दिनमा जनताको माझबाट पार्टीलाई पहिलो बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नयाँ संरचना अनुसार सबैको पहिचान, सामथ्र्य सबै कुरालाई स्थानीय तहमा समावेश गरिएको र कसैको हारजीत नहुने पनि उनले बताए । 

अभियान संयोजक तथा एमाले जिल्ला उपसचिव मीना लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा ३ नं प्रदेशका अर्का सदस्य एकराज उप्रेती, अभियान अनुगमन समितिका सदस्य रघुनाथ खुलाल, माननीय सांसद तथा जिल्ला कमिटी सदस्य राजाराम स्याङ्तान, जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज लालबहादुर थापा, जिल्ला सदस्यहरु गौतम बुद्ध लामा, नवराज सुवेदी, गौतम लामासहित क्षेत्रीय कमिटीमा पदाधिकारी र सदस्यहरु, गाउँकमिटीका अध्यक्षहरु र मोर्चा संगठनका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।