Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राक्सिराङमा छपक्कै गाँजा खेती, प्रहरीले यसरी फाँड्यो

Gaja-1608378313.jpg

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा फडानी गरिएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को लावती, लगायत स्थानहरुमा १५ बिगाहा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो।

किसानले बारीमा लगाइएको हरियो गाँजा नष्ट गरिएको जिलल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जना प्रहरी टोलीले गाँजा नष्ट गरेको हो ।