Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राक्सिराङमा कोभिड अस्पताल उद्घाटन

covid-hospital-raksirang-1623063193.jpg

मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिकामा कोरोना संक्रमितको उपचारको लागि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको वडा नम्बर ५ ठाडेचुरीमा २४ जेठमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अस्पतालको उद्घाटन गरेका हुन् ।

जिससको ५० लाख र गाउँपालिकाको १५ लाख बजेटमा २६ वेड सहित स्टोर कोठा, औधषि पसल सहित अस्पताल निर्माण गरिएको हो ।
कोरोना महामारीले गाउँमा संक्रमित बढेसँगै अस्थायी रुपमा अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । डाक्टर र ५ जना स्वास्थ्यकर्मी सहित प्रत्येक वेडमा अक्सिजन सहित २६ वेड सञ्चालन गरिएको मल्लले बताए । ‘विद्यालयमा आइसोलेसन सञ्चालन गरिएको थियो, अब संक्रमितलाई खानासहित अस्पतालमा राख्नेछौँ’ अध्यक्ष मल्लले भने ।

सिटामोल नपाउने, नखाने अवस्था रहेको राक्सिराङमा अब वडा वडामा स्वास्थ्य इकाई गाउँपालिकामा डाक्टर सहितको अस्पतालले गर्दा स्वास्थ्य क्षेत्रमा विकास हुदैं गइरहेको छ ।

कार्यक्रममा उपाध्यक्ष निर्मला हिम्डुङ, पत्रकार प्रताप विष्ठ, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत दिलिप श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघ मनहरी क्षेत्रका अध्यक्ष नारायण सुवेदी, स्वास्थ्य शाखा प्रमुख विजय कापरी, डा. धन बहादुर खत्री, अस्पताल निर्माण गर्न जग्गा दान गर्ने दाता हरि बहादुर प्रजा, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

हाल गाउँपालिकाको आइसोलेसनमा ५ जना संक्रमित रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com