Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राक्सिराङबाट ७९ किलो गाँजा सहित २ जना पक्राउ

gaja-1624707941.jpg

राक्सिराङबाट ७९ किलो गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक दिपक राज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले जिल्ला राक्सिराङ गाउँपालिका वडा नंम्बर–५ स्थित परेवाभिर सडकखण्डमा कैलाश तर्फबाट मनहरीतर्फ बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेका ८/९ जनालाई नियन्त्रणमा लिदा गाँजा बरामद गरिएको र २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नंबर ९ बस्ने वर्ष २० का प्रताप स्याङतान र कैलाश गाउँपालिका वडा नंबर २ बस्ने वर्ष ४३ का लालबहादुर स्याङतान रहेका छन् ।

उनीहरुले बोकी ल्याएको भारी खोली चेकजाँच गर्दा उक्त लागु औषध गाँजा ७९ किलो फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई गाँजा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको साथै फरार भएका अन्य व्यक्तिहरुको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०