Sunday, 17th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

रसुवामा निर्माणाधीन जलविद्युत आयोजनाले माग्यो ४० कर्मचारी, जागिरको खोजीमा रहेकालाई अवसर

IMG_20210823_080758-1629685410.jpg

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाले ४० जना कर्मचारी माग गरेको छ।

भर्खरै निर्माणमा गएको आयोजनाले साइट मेनेजरदेखि अनुवादकसम्‍म गरी विभिन्न २० वटा विधामा उक्त संख्यामा कर्मचारी माग गरेको हो।

आयोजनाले साइट मेनेजर २ जना, चीफ इन्जिनियर १ जना, स्वास्थ्य सुरक्षा मेनेजर १ जना, एकाउन्ट अफिसर १ जना, खरिद व्यवस्थापक १ जना, मानव संसाधन अफिसर १ जना, मेकानिकल इन्जिनियर ३ जना, सर्भे अफिसर २ जना, सिभिल वर्क सुपरभाइजर १ जना, अनुवादक १ जना, विभिन्न क्षेत्रका फोरमेन ११ जना र प्राविधिक १४ जना जनाका लागि आवेदन माग गरेको छ।

एक वर्षका लागि करारमा कर्मचारी मागेको आयोजनाले तलब सुविधा भने आपसी सहमतिमा दिने जनाएको छ। आवेदकमा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी न्यूनतम ५ देखि १५ वर्षसम्म काम गरेको अनुभव हुनु पर्नेछ।

विश्व बैंक ग्रुपका विभिन्न वित्तीय संस्थाको ऋण लगानीमा उक्त आयोजनाको निर्माण सुरु गरिएको हो। 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०