Sunday, 28th June, 2026
वि.स.

रघुराम विष्टसहित ४० उत्कृष्ट कर्मचारीलाई पुरस्कार घोषणा [हेर्नुहोस सूची]

Raghu-1599442151.jpg

यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा छन् । 

यसैगरी निजामती पुरस्कार पाउनेहरूमा मकवानपुर थाहानगर स्थायी घर भएका रघुराम विष्टसहित, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा। वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे छन् ।

यसैगरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्नुभएको सङ्घीय मन्त्रालयले जनाएको छ । 

यसैगरी खुला निबन्ध प्रतियोगितामा रवीन्द्रप्रसाद शाह, सनु काफ्ले र धु्रवराज प्रसाई क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । यस्तै कविता खुला प्रतियोगितामा नीरज दाहाल, रमा अधिकारी कादम्बरी र कल्पना काफ्ले क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०