nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

युवा संघ मनहरी ७ मा वाइबा

18053467_1352369514832003-1492757305.jpg

युवा संघ नेपालको मनहरी गाउँपालिका कमिटी अन्तर्गत ७ नं वडाको पुनर्गठन गरिएको छ । पुनगर्ठित वडा कमिटीको संयोजकमा रजय सिंह वाइबा चयन भएका छन् भने सह संयोजकमा ठाकुर घिसिङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भरत लामा, अशोक लामा, रविन खड्का, नकुल कार्की, रविन सापकोटा, विशाल घले लगायत ४२ सदस्य रहेका छन् । 

स्थानीय निकाय पुनसंरचनापछि एमालेले आफ्ना जनसंगठन र पार्टी संगठनलाई पुनसंरचना अनुसार कमिटी निर्माण गर्न थालेका हो । जस अनुसार साबिक मनहरी गाविस ३ र ६ मिलेर बनेको वडा नं ७ स्तरीय कमिटी निर्माण भएको हो । 

संयुक्त युवा भेलालाई सम्बोधन गर्दै नेकपा एमाले ३ नं प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले अब एमालेले देशको नेतृत्व गर्ने अबसर पाएमा युवाहरु बिदेशिनु नपर्ने बताए । उनले गाउँमै उद्यम गर्नेगरी एमालेले नीति तथा कार्यक्रम ल्याउने भएकाले निर्वाचनमा युवाले नै अगुवाई गरेर हिँड्नुपर्ने आबश्यकता रहेकोमा जोड दिए । 

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य नवराज सुवेदीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए भने युवा संघ नारायणी अञ्चल कमिटी अध्यक्ष नवीन सुवेदी, जिल्ला सचिव लक्ष्मण उप्रेती, ७ नं वडाका प्रस्तावित वडा अध्यक्ष उम्मेदवार रघुनाथ रुम्बा, वडा सदस्य उम्मेदवारहरु मीरा मल्ल, इन्द्रकुमारी मुक्तान, भीमसेन खड्का तथा सरस्वती परियारको लगायत नेताहरुको सहभागिता थियो । गाउँपालिका सदस्यहरु शालिकराम बानियाँ, गोविन्द कँडेल, जनकलाल बानियाँ लगायतको सहभागितामा भएको कार्यक्रममा राप्रपा परित्याग गरी युवाहरु एमाले प्रवेशको घोषणा गरेका थिए । कार्यक्रम समिप श्रेष्ठले सञ्चालन गरेका थिए भने साबिक मनहरी गाउँ कमिटी अध्यक्ष सगुन स्याङ्तानको सभाध्यक्षतामा भएको थियो । 
 



18053467_1352369514832003-1492757307.jpg