Tuesday, 18th August, 2026
वि.स.

युवा संघकाका कार्यकर्ताहरुद्वारा त्रिभुवन राजपथ अवरुद्ध

Cover-Photo-1482211933.jpg

एमाले सम्वद्ध भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा मकवानपुर थाहानगरमा विरोध भएको छ । एमालेसम्वद्ध भातृ संगठन युवा संघका कार्यकर्ताहरुले ५ पौष विहान १० बजेबाट १२ बजेसम्म त्रिभुवन राजपथको थाहानगर खण्डमा यातायात अवरुद्ध ठप्प पारेका छन् । अहिले युवा संघका कार्यकर्ताहरु सडकमा विरोध जनाउँदै बसेका छन् । 

४ पौष दिउँसो देवदहको खैरनी बजारमा तिवारी माथि गोली प्रहार गरिएको थियो । कोखामा गोली लागेका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

युवा संघका कार्यकर्ताहरुले अतिआवश्यक बाहेकका सवारी साधनमा रोक लगाइएको युवा संघका कार्यकर्ता अनित विष्टले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif