Saturday, 27th July, 2024
वि.स.

युवा संघकाका कार्यकर्ताहरुद्वारा त्रिभुवन राजपथ अवरुद्ध

Cover-Photo-1482211933.jpg

एमाले सम्वद्ध भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा मकवानपुर थाहानगरमा विरोध भएको छ । एमालेसम्वद्ध भातृ संगठन युवा संघका कार्यकर्ताहरुले ५ पौष विहान १० बजेबाट १२ बजेसम्म त्रिभुवन राजपथको थाहानगर खण्डमा यातायात अवरुद्ध ठप्प पारेका छन् । अहिले युवा संघका कार्यकर्ताहरु सडकमा विरोध जनाउँदै बसेका छन् । 

४ पौष दिउँसो देवदहको खैरनी बजारमा तिवारी माथि गोली प्रहार गरिएको थियो । कोखामा गोली लागेका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

युवा संघका कार्यकर्ताहरुले अतिआवश्यक बाहेकका सवारी साधनमा रोक लगाइएको युवा संघका कार्यकर्ता अनित विष्टले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)