Saturday, 3rd October, 2026
वि.स.

युवाको सक्रियताको प्रशंसा, थप एकलाख संकलन

2-1480925702.jpg

स्वयम्सेवक दिवसको अबसरमा मनहरी स्वयम् सेवक समूहले सोमबार मनहरीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा समूहले २ महिने अबधिमा हासिल गरेको सफलताको विवरण सुनाएपछि मनहरीका राजनीतिक पार्टी, संघसंस्था, व्यापारी, बुद्धिजीवि लगायतले समूहको कामको प्रशंसा गरे । समूहले २ महिने अभियान अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र मनहरीको विद्युत बक्यौता ४ लाख ७७ हजार रुपियाँ दुई किस्ता गरी तिरेको थियो । 

कार्यक्रममा बोल्दै समाजसेवी एकराज उप्रेतीले यो काम राष्ट्रिय रुपमै उदाहरणीय भएको भन्दै प्रशंसा गरे । उनले चाह्यो भने स्थानीय स्रोत र साधन प्रयोग गरेर थुप्रै काम गर्न सकिने उदाहरण युवाहरुले प्रस्तुत गरेको बताए । भने–‘आफ्नै खल्तीमा सलाई बोकेर सात गाउँसम्म आगो खोज्न जाने चलन छ, यसलाई अन्त्य गर्नुपर्छ ।’ 

कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर फिरोज राइनले युवाहरुले गरेको कामको तारिफ गर्दै यस्तै काम अन्यत्र कहीँकतै आफूले नदेखेको बताए । भौतिक र सेवा सुधारका लागि अझै युवाहरुको जरुरत रहेको भन्दै उनीहरुले एक अर्कामा हातेमालो गरेर गरिने कामले सदैब सफलता पाउने बताए । स्वास्थ्य केन्द्रका अध्यक्ष तथा गाविसका सचिव मीनराज कोइरालाले पनि कामको प्रशंसा गर्दै राजनीतिबाट पर भएर काम गर्न सकेमा सफलता पाउने उदाहरण प्रस्तुत गरे । 

कार्यक्रममा समाजसेवीहरु हरिचन्द्र शाही, गौतम लामा, पूर्व अध्यक्ष विष्णुराम कालाखेती, नारायण सुवेदी, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सोही अबसरमा विभिन्न व्यक्तिहरु, संघसंस्थाले समूहको काममा एक्यबद्धता जनाउँदै १ लाख ३ हजार ३ सय १६ रुपियाँ सहयोग गरेका छन् । 
सहयोग गर्नेहरुमा मनहरी लोकल ढुवानी व्यवसायी संघ, नारायण उप्रेती, होमराज पुलामी, वेदमणि सेढाई, राजु राउत, शालिकराम बानियाँ, नवराज अर्याल, बिमला घलान, हरिचन्द्र शाही लगायत रहेका छन् । ५ हजारभन्दा बढी रकम सहयोग गर्नेहरुको नाम सिलालेखमा राखिने समूहले जनाएको छ । 
समूहका सदस्य शिवकुमार काशीले सञ्चालन गरेको कार्यक्रम समूहका अध्यक्ष ठाकुरराम तितुङको सभाध्यक्षतामा भएको थियो । सो अबसरमा समूहले कोरिया, जापानमा रहेका युवाहरुले अभियानमा साथ दिएकोप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif