Monday, 17th August, 2026
वि.स.

युरोकप आजदेखि, इटली र टर्की भिड्दै

g-1623400613.jpg

युरोकप फुटबल प्रतियोगिताको १६औं संस्करण आजबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुन लागेको हो ।

उद्घाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ । प्रतियोगिता युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ ।

प्रतियोगितामा साविक विजेता पोर्चुगलसहित विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन उपाधिको प्रमुख दाबेदार रहेका छन् । यस्तै, विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम र युवा टीमले भरिएको इंग्ल्याण्ड पनि उपाधि दौडमा छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif