Sunday, 23rd August, 2026
वि.स.

यी कोरोना संक्रमित ६८ दिनपछि 'डिस्चार्ज'

DISCHARGE-3rd-corona-dhan-1626834497.jpg

दार्चुलाका एकजना कोरोना संक्रमित ६८ दिनपछि डिस्चार्ज भएका छन्। जोशी ६८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको जोशीका आफन्त रामदत्त जोशीले बताए

दार्चुलाको लेकम गाउँपालिका -५ मैखोलीका इन्द्रदेव जोशी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । वैशाख २९ गते जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका जोशीको स्वास्थ्य चेकजाँच गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। 

कोरोना देखिएपछि उपचाररत रहेका जोशीलाई अब त बाँचिन्न जस्तो लागेको थियो । उनको भेन्टिलेटर, एचडीयुमा राखेर उपचार गरिएको थियो । पुर्नःजन्मका पाएको भन्दै जोशीले उपचारमा खटिएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई सम्मानस्वरुप खादाले सम्मान गरेका थिए।

'चिकित्सकले मलाई बचाउनुभयो। आज मैले पुनरजन्म प्राप्त गरे, उनीहरुलाई म हृदयदेखि नै सम्झन र सम्मान गर्न चाहन्छु, जोशीले भने।'



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif