Sunday, 4th October, 2026
वि.स.

यातायात व्यवशायिको समस्या हल गर्छु –राज्यमन्त्री महतो

LLL-1481971715.JPG

भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री सिताराम महतोले नेपालमा रहेका सम्पूर्ण यातायात व्यवसायीहरुको समस्यालाई हल गर्न आफु प्रतिवद्ध रहेको बताएकाछन् । टेम्पो तथा मझौला यातायात व्यवसायी संघ, हेटौँडाको रजत वर्ष एवम् २५ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा रहेका सडकहरुले यातायातको सङ्ख्यालाई धान्न नसकिरहेको यो अवस्थामा सरकारसँग सडक विस्तारको प्रस्ताव राखिसकेका उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला,उपाध्यक्ष भरत तिमल्सीना, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाईँ, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, नेकपा माले मकवानपुरका सचिव भिमसेन महतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०