Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

यस बर्ष पनि एसइइ परीक्षा नहुने, विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल

1595264311_eduu-1622459028.jpg

यस बर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नहुने भएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको जोखिमका कारण गत बर्ष जसरी नै परीक्षाफल प्रकाशित गर्ने निर्णयसहित एसइइ परीक्षा सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमण जोखिमलाइृ मध्यनजर गरी बिद्यालयको आन्तरिक मुल्यांकणका आधारमा परीक्षाफल प्रकाशित गर्ने बिकल्पमा गई एसइइ परीक्षा सञ्चालन नगर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको जानकारी दिए । ‘सिफारिस समितिको सुझावको अध्ययन गरी एसइइ परीक्षा सञ्चालन नगर्ने र गत बर्षकै जसरी बिद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ,’ मन्त्री श्रेष्ठले भने ।

शिक्षा मन्त्रालयले केही समयअघि गठन गरेको समितिले कक्षा १२ र एसइइको बिषयमा बिभिन्न सुझाव दिएको थियो । शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षाको बिषयमा भने कुनै निर्णय गरिसकेको छैन । माध्यमिक शिक्षा परीक्षा ९एसईई० तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले आफ्नो १४ जेठमा प्रतिवेदन बुझाएको थियो । सो कार्यदलले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको छ ।

गत वर्ष पनि एसईईका विद्यार्थीको विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको थियो भने कक्षा १२ का विद्यार्थीलाई ४० अङ्कको लिखित परीक्षा लिइएको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०