Sunday, 28th June, 2026
वि.स.

यस पटक पनि भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी !

PM-Office_1266-1599407541.jpg

निजामती कर्मचारी दिवसका असवरमा यसपालि पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् । कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार चौथो वर्ष हो । अघिल्ला वर्षहरूमा झैँ भोलि निजामती कर्मचारी दिवसमा अवसरमा सोमबार दश जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइदैछ ।

‘यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला परेन’, स्रोतले भन्यो, ‘प्राप्त भएका नामावलीहरुमध्ये कुनैपनि कर्मचारी सर्वोत्कृष्ट नलागेर नै समितिले सिफारिस गरेन होला’ पछिल्लो समय निजामती तर्फको आकर्षण घटेको मात्रै होइन, कतिपय कर्मचारीकै कारण निजामती कर्मचारीलाई हेरिने दृष्टिकोणसमेतको असर भन्नुपर्छ ती उच्च अधिकारीले भने ।

विगतका केही उदाहरण हेर्ने हो भने सरकारले राम्रो ठानेर पुरस्कृत गरिएकाहरू नै घुससहित रंगेहात पक्राउ पर्ने गरेको तर्फ उनको इङ्गित रहेको प्रस्ट बुझिन्छ ।

सरकारले हरेक वर्ष भदौ २२ गते निजामती कर्मचारी दिवस बनाउँदै आएको छ र निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ । जसमा दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ३१ गते एक सूचना जारी गर्दै निजामती कर्मचारी कार्यरत सबै मन्त्रालय, सचिवालय तथा आयोगहरूलाई मातहतका कार्यालयका कर्मचारीहरूसमेत समेटिने गरी श्रावण १५ गतेभित्र आइपुग्ने गरी पठाउन भनेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०