Thursday, 2nd July, 2026
वि.स.

यस्तो बन्दैछ पर्यटक लोभ्याउने–‘चित्लाङ रिसोर्ट’ 

मकवानपुर थाहानगरको चित्लाङ पर्यटकका लागि नयाँ नाम पक्कै होइन, तर चित्लाङमा केही महिनामै संचालनमा आउन लागेको चित्लाङ रिसोर्ट पर्यटकका लागि नयाँ ‘प्रडक्ट’ हो । व्यवशायिक रुपमा स्थापना भएको भए पनि चित्लाङ रिसोर्ट पर्यटकका लागि ‘प्रडक्ट’कै रुपमा आफ्नो परिचय बनाउने गरी तिब्रगतिमा निर्माण भइरहेको छ । 

चित्लाङका तीन दाजुभाई राम शरण, देवेन्द्र र दिपक नेपालले संयुक्त रुपमा रिसोर्ट संचालन गर्न लागेका हुन् । चित्लाङ रिसोर्टको वातावरण अन्य रिसोर्ट भन्दा फरक बनाउने सक्दो प्रयास गरिएको छ । रिसोर्टमा पुग्ने वित्तिकै नयाँ अनुभव जो कोहीले पनि बटुल्न सक्ने गरी निर्माण भइरहेको छ । छुट्टै स्थानीय र मौलिक शैली, परम्परागत पुर्वाधारले सजिएको चित्लाङ रिसोर्ट यस कारण पनि रिसोर्ट मात्र हैन पर्यटकका लागि ‘प्रडक्ट’ नै सावित गर्न सक्षम हुने संचालक तथा लगानीकर्ता नेपालले बताए । नेपालीपनको मौलिक अनुभव गर्न गाउँमा पुगेकै भान हुने चित्लाङ रिसोर्ट आफैमा पनि प्राकृतिक छँटा र वातावरणले भरिपूर्ण छ । वातावरण अनुकुलित संरचना र प्रचीन शैली झल्कने रिसोर्ट तारे होटलको मापदण्डमा निर्माण भइरहेको संचालक राम शरण नेपालले बताए । रिसोर्टमा अधिकांश कोठा एटेच छन् । खानपिनमा नेपाली स्वाद, स्थानीयपन तथा आवश्यकता अनुसार विदेशी मेनु अनुसारको सुविधा दिने गरी व्यवस्था गरिने भएको छ । 

चित्लाङ रिसोर्टमा प्राचीन शैलीका संरचना, प्राकृतिक वातावरण मात्र हैन यहाँ मौलिक लोक साँस्कृतिक नाचहरु, लोक बाजागाजाको मज्जा लिने व्यवस्था रिसोर्ट गरिने भएको छ । स्थानीय क्षेत्रमा उत्पादन भएको अन्नहरुको स्वाद रिसोर्टले चखाउने योजना छ । ग्राहकको चाहाना अनुसार एक

रातको बसाईदेखि नजिकैको ईन्द्रसरोवरमा जलयात्रा, दामन सिमभञ्ज्याङसम्म हाईकिङ सहितका प्याकेज रिसोर्टले बनाउने भएको छ । त्यसोत थाहानगरका विभिन्न क्षेत्रमा पिनिक जान चाहनेलाई पिकनिक प्याकेजको समेत व्यवस्थाको योजना रहेको संचालक नेपालले बताए । 

रिसोर्टमा मिटिङग सेमिनारहरुको लागि सुविधा सम्पन्न हल बनाइने भएको छ । पर्यटकहरुका लागि भिलेज टुरहरुको प्याकेज र यसका लागि

गाइडको समेत व्यवस्था गरिने छ । रिसोर्टमा १२ वटा एट्याज कोठा र ८ वटा एट्याज टेन्टरुमको क्षमता विस्तार भइरहेको संचालकले नेपालले जानकारी दिए । यहाँ कफी तथा बेकरी र स्थानीय क्षेत्रमा पाइने रोजमेरी चिया समेत पिउन व्यवस्था मिलाउन सबै व्यवसथापन गरिने संचालक नेपालले बताए । 
 



https://www.thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।