Sunday, 23rd August, 2026
वि.स.

यस्तो छ आजकाे माैसम पूर्वानुमान

IMG_20210711_085617-1626833847.jpg

जल तथा मौसम विज्ञान विभागले बाग्मती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ६ साउनमा जारी मौसम बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

६ साउन बुधबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १, गण्डकी तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif