Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

यस्ता संकेत देखिएभने सोच्नुहोस् कलेजो खराबी हुँदैछ, यी लक्षणलाई गर्दै नगर्नुहोस् वेवास्ता

kalezo-1625391835.jpg

कतिपय व्यक्तिको कलेजोले सही ढंगले काम गरिरहेको हुँदैन। यद्यपि यसबारे उक्त व्यक्ति बेखबर हुन्छ। जब समस्या चर्को बन्छ तब मात्र कलेजोमा गडबडी भएको थाहा हुन्छ। कलेजोले सही ढंगले काम गरिरहेको छ कि छैन भनेर सुरुदेखि नै सतर्क रहनुपर्छ।

कलेजोले सही ढंगले काम गरिरहेको छैन भने त्यसको लक्षण एवं सकेत देखापर्छ। उक्त संकेतलाई बुझेर सही समयमा उपचार गरियो भने सम्भावित खतराबाट बच्न सकिन्छ। अतः यी पाँच लक्षण हुन्, जसले तपाईंको कलेजोमा केही गडबडी छ भनेर संकेत गर्छ। यी संकेतलाई देखापरेमा तुरुन्तै चिकित्सककहाँ भेट्नुपर्छ।

दुखाइ
कतिपय व्यक्तिको कलेजो सुनिन्छ। यस्तो अवस्थामा पेटको आकार स्वाभाविक भन्दा बढेको देखिन्छ। कतिपयले आफ्नो पेट बढेको भन्ने सोच्छन्। तर, पेट बढेको छ र त्यसमा बेला बखत दुख्छ भने सचेत हुनुहोस्, तपाईंको कलेजो सुन्निएको पनि हुनसक्छ।

अत्यधिक थकान
अत्यधिक थकान हुनु, छाला रुखो हुनु र आँखाको आसपासमा कालो घेरा बन्नु पनि कजेलो खराब भएको संकेत हुनसक्छ। कलेजो खराब भएको वा कमजोर भएको स्थितिमा छाला क्षतिग्रस्त हुन्छ । साथै कपालको समस्या पनि देखापर्छ।

पिसाबको रंग
कलेजो खराब भएको स्थितिमा पिसाबको रंग बदलिन्छ। यस्तो अवस्थामा पिसाबको रंग गाढा देखिन्छ। यसैगरी जन्डिसमा जस्तै नङ एवं आँखाको भाग पहेंलो हुन्छ।

अपच
कलेजोमा खराबी आए खाना खान मन लाग्दैन। खाएको पनि राम्ररी पच्दैन । पेटमा ग्यास बढ्छ। यी लक्षण देखिए कलेजो खराब भएको बुझ्न सकिन्छ। यसका साथै छातीमा जलन र भारीपना पनि हुन्छ।

मुखको स्वाद बिग्रनु
ज्वरो आएको बेला खानेकुराको स्वाद फरक हुन्छ । खानेकुरा मिठो लाग्दैन । यद्यपि ज्वरो नआएको अवस्थामा पनि खानेकुराको स्वाद फेरियो भने कलेजोमा केही समस्या छ भनेर बुझ्न सकिन्छ।

कलेजोको रोगको कारण
कलेजोको सबैभन्दा बढी बिमारीहरुको कारण रक्स, सुर्तिजन्य पदार्थ र अस्वस्थ आहार हो। कलेजोमा धेरै रोग हुन सक्छन्, जसमा लिभर फेलर, लिभर क्यान्सर, लिभर एबसेस, फ्याटी लिभर, लिभर सिरोसिस प्रमुख छन्।

के हो लिभर सिरोसिस ?
लिभर सिरोसिस सुस्त गतिमा बढ्ने रोग हो। सामान्य भाषामा भन्दा यो रोगमा कलेजोको आकार खुम्चिन थाल्छ र त्यसमा साह्रोपन आउँछ। यस रोगमा कलेजोका धेरै कोशिकाहरु नष्ट हुन्छन् र फाइबर तन्तुले त्यसको स्थान लिन्छन्। साथै कलेजोको बनावट पनि असामान्य हुन्छ जसले गर्दा पोर्टल हाइपरटेन्सनको स्थिति पैदा हुन्छ। यस बिमारीको अन्तिम उपचार कलेजो प्रत्यारोपण अर्थात् लिभर ट्रान्सप्लान्ट हो।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०